•  २१ आश्विन २०८३, बुधबार

नेपाली मौलिक कला र हस्तकलाको बजार विस्तार हुँदै

- आश्विन २१, २०८३ मा प्रकाशित


नेपाली हस्तकला तथा मौलिक उत्पादनप्रति स्वदेशी तथा विदेशी ग्राहकको चासो बढ्दै गएको छ। ढाका, ऊन, फेल्ट, काठ, धातु तथा प्राकृतिक सामग्रीबाट तयार गरिएका विभिन्न हस्तकलाका सामग्रीले नेपालको मौलिक कला र सीपलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन योगदान गरिरहेका छन्।
हस्तकला व्यवसायमा संलग्न उद्यमीहरूले उत्पादनको गुणस्तर, आकर्षक डिजाइन र अन्तर्राष्ट्रिय बजारअनुसारको प्याकेजिङमा ध्यान दिनुपर्ने बताएका छन्। विशेषगरी महिला तथा साना उद्यमीलाई तालिम, बजार पहुँच र निर्यात सहजीकरण उपलब्ध गराउन सके यस क्षेत्रबाट थप रोजगारी सिर्जना गर्न सकिने अपेक्षा गरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर