No Image
  •  १० मंसिर २०८३, बुधबार

बुढीगण्डकीमा बाढी ३५ घर बगे, माछाखोला–केरौँजा जोड्ने झोलुंगे पुलमा पनि क्षति

- आश्विन २५, २०८३ मा प्रकाशित


गोरखा — बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकाका पैयू र बगर गाउँका ३५ घर बगाएको छ। बाढीले माछाखोला र केरौँजा जोड्ने झोलुंगे पुलसमेत बगाएको खबर प्राप्त भएको छ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति भएको छ। गाउँपालिका–३ का बजार क्षेत्रमा बाढीले धेरै क्षति पुर्‍याएको उनले बताइन्।

बिहान करिब ४ बजे बस्तीमा बाढी पसेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ भागेका थिए। बाढीबाट भएको मानवीय क्षति र सम्पूर्ण भौतिक क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ।

बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकीमा ठूलो बाढी आइरहेको भन्दै त्रिशूली दोभानसम्मका नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। महाशाखाले बाढी पास नहुँदासम्म नदी छेउछाउ नजान र उच्च स्थानमा बस्न अनुरोध गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर